सङ्खुवासभा दुर्घटनामा ज्यान गुमाउने र घाइते सबैको सनाखत (सूचीसहित)
काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ। दुर्घटनामा परि मृत्यु हुने सबै १४ जनाको पहिचान खुलेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिए।
मृतकमध्ये ९ जना पुरूष र ६ जना महिला छन्। जसमध्ये २ जना बालबालिका छन्।
दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।
सबै १४ मृतकलाई पोस्टमार्टमका लागि चैनपुर अस्पताल लगिएको छ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको हो।
मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपका अनुसार शुरूमा बस पल्टिएपछि भीरमा बजारिएको थियो। बजारिएकै ठाउँमा ९ जनाको मृत्यु भएको पाइएको उनले जानकारी दिए। त्यसपछि बस पल्टिएर भीरमुनि पुग्दा अन्यको मृत्यु भएको हो।
मृतकहरू
- ३५ वर्षिय विपिन निरौला (सवारी धनी तथा चालक) औँशीडाँडा, तेह्रथुम
- ३५ वर्षिय उमेश भट्टराई (सहचालक) मादी–६, संखुवासभा
- ४५ वर्षिय दीपक दाहाल– मादी ५, संखुवासभा
- ५२ वर्षिय श्याम शेर्पा– मादी ५, संखुवासभा
- ५५ वर्षिय भवानी दाहाल– मादी ५, संखुवासभा
- ३८ वर्षीय इन्द्रबहादुर अधिकारी– मादी ६, संखुवासभा
- ५ वर्षिया दिक्षा कटवाल– मादी ६, संखुवासभा
- ३२ वर्षिया अन्जना कटवाल, मादी ६ संखुवासभा
- ३८ वर्षीय आइतबहादुर तामाङ– मादी ४, संखुवासभा
- ३५ वर्षिया सबिता राउत कार्की– मादी ४, संखुवासभा
- ३० वर्षिया सीता विक( मादी ६, संखुवासभा
- ६० वर्षिय बलबहादुर कार्की–मादी ४, संखुवासभा
- ३१ वर्षीया समिक्षा योन्जन– ताप्लेजुङ
- ८ वर्षिय सुदीप घिसिङ– ताप्लेजुङ
घाइतेहरू
- ३० वर्षिय सुबास गोले – मादी ५ , संखुवासभा
- ३० वर्षिय युका पोखरेल– मादी ५, संखुवासभा
- २२ वर्षिय तुलसा कट्वाल– मादी ६, संखुवासभा
- अम्बिका बिक–मादी ६, संखुवासभा
- ५० वर्षिय डम्बरबहादुर कार्की– मादी ६, संखुवासभा







