स्थानीय तहको निर्वाचन : मकवानपुरमा १६५ मतदान स्थल

अखबार हब
२०७८ फाल्गुन २६, बिहीबार १०:१४

मकवानपुर । स्थानीय तहको निर्वाचनमा मकवानपुरका १० पालिकामा १६५ मतदानस्थल रहने जिल्ला निर्वाचन व्यवस्थापन समितिले जनाएको छ ।

समितिले मतदान स्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा संवेदनशीलता, जनशक्ति व्यवस्थापनलगायत अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन गृह मन्त्रालयमा पठाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक भरतमणि पाण्डेले बताए । यसअघि मकवानपुरमा १६४ वटा मतदानस्थल थियो । मतदाता संख्या बढेकाले मतदान केन्द्र पनि बढ्ने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*