ओखलढुङ्गा जीप दुर्घटना : एक जनाको मृत्यु, सात घाइते

अखबार हब
२०७८ फाल्गुन २२, आईतवार १६:३२

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङ्गामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङ्गामै उपचार भइरहेको छ । माम्खाबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जीप आइतबार बिहान ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*