हेटौंडामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक जलेर नष्ट

अखबार हब
२०७८ फाल्गुन २२, आईतवार १०:१३

मकवानपुर। हेटौंडामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक मोटरसाईकल जलेर नष्ट भएको छ । गएराति मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पा डाडा जाने बाटोमा उक्त दुर्घटना भएको हो ।

क्याप्पाडाँडाबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा ८३ प ५०४० नंबरको मोटरसाईकल र विपरित दिशाबाट आएको बागमती प्रदेश ०३ ००२ प ९९५८ मोटसाईकल ठोक्किदा बा ८३ प ५०४० नंबरको मोटरसाईकलमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यलयका प्रहरी नीरिक्षक सुमन बाँनियाका अनुसार बा ८३ प ५०४० नंबरको मोटरसाईकल चालक हेटौंडा ४ बस्ने २१ वर्षीय प्रवेश लामाको टाउको, हात र खुट्टामा चोट लागेको र चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*