संसद् चल्न नदिए मंसिर अगाडि नै आम चुनावः गगन थापा

अखबार हब
२०७८ फाल्गुन २१, शनिबार १४:३३

काठमाडौं । नेपाली  कांग्रेसका महामन्त्री गगन थापाले मंसीर अगाडि नै आम चुनाव हुन सक्ने बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले मंसीर अगाडि नै चुनाव हुनसक्ने बताएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहेको समारोहमा बोल्दै थापाले नेकपा (एमाले)ले संसद् अवरुद्ध गरिरह्यो भने आम चुनावबारे सोच्नुपर्ने बताए।

“यसैगरी संसद् चल्न नदिने अवस्था बन्दै गयो, नेकपा (एमाले)ले यसैगरी संसद्को उपहार गर्ने काम गरिरह्यो भने संसद् किन चलाइराख्ने भन्ने प्रश्न उठ्न सक्छ,” महामन्त्री थापाले भने, “त्यो वेला मंसीरभन्दा अगाडि पनि आम चुनाव हुन सक्छ।”

संसद् अवरोध हटाउने विषयमा एमालेसँग संवाद भइरहेको उनको भनाइ थियो। संसद् चल्नै नसक्ने अवस्थामा छिट्टै आम चुनाव हुनसक्ने उनको भनाइ थियो। “हामी चुनाव गराउँछौं, यो पटक सानदार ढंगले जितेर आएर पाँच वर्ष सरकार चलाउछौं,” थापाले भने।

कांग्रेसले आगामी आम चुनाव जित्ने उनको भनाइ थियो। “चुनाव त हामी जित्छौं, तर अब चुनाव जितेपछि के गर्ने भन्नेमा छलफल गर्नुपर्छ, टुंगो लगाउनुपर्छ,” उनले भने। प्रतिनिधि सभाको कार्यकाल आगामी मंसीरमा सकिँदै छ। यसअघि प्रतिनिधि सभाको निर्वाचन १० र २१ मंसीर, २०७४ मा भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*