गैंडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ

अखबार हब
२०७८ फाल्गुन २०, शुक्रबार १६:२७

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजा छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*