दुई महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभा बैठक फागुन २९ गते बस्दै

अखबार हब
२०७८ फाल्गुन १९, बिहीबार १९:१०

मकवानपुर । दुई महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक पुनः आव्हान गरिएको छ । प्रदेशसभा सचिवालयले बुधबार दिउँसो सूचना टाँसेर फागुन २९ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आव्हान गरेको हो ।

यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित गरेको थियो । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधसँगै पुस ८ गतेबाट प्रदेशसभाको बैठक स्थगित थियो ।

एमालेले सरकारसँग जवाफ माग्दै विभिन्न माग राखेर प्रदेशसभामा अवरोध सिर्जना गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*