माओवादीमा एमसीसीको पराकम्पः छुट्टै पार्टी निर्माणको तयारीमा श्रेष्ठ

अखबार हब
२०७८ फाल्गुन १८, बुधबार १०:२३

काठमाडौ । संशोधन नगरि अमेरिकी सहयता परियोजना एमसीसी अगाडि बढाउन नहुने पार्टीको नीति विपरित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जनाएपछि माओवादीमा असन्तुष्टि सुरु भएको छ ।

व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने निर्णयमा पूर्व स्थायी समितिका पाँच सदस्यले असन्तुष्टि जनाएका थिए ।

अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका थिए ।

एमसीसीलाई सदनमा मतदान गर्दा पनि असन्तुष्ट सांसदले बहिस्कार गरेका थिए । महरा, पोखरेल, रेखा शर्मा, यशोदा गुरुङ, अन्जना बिशंखे लगायतले एमसीसीमाथि निर्णय हुँदा सदन नै बहिस्कार गरेका थिए ।

महाधिवेशनको नीति विपरित एमसीसी अनुमोदनमा सहमति जनाएको भन्दै असन्तुष्ट नेतारुले नेता श्रेष्ठलाई अर्को पार्टी खोल्नेसम्मको दवाव दिइरहेका छन् ।

त्यसमाथि प्रचण्डले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी छोडेर जानसक्ने आशयको भनाइ राखेपछि असन्तुष्टि झन चुलिएको छ।

‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नु भएको होला,’ प्रचण्डले श्रेष्ठप्रति लक्षित गर्दै भनेका थिए, जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नु भएको होला । एमसीसीको विरोध गर्न बित्तिकै सबै जनता आउँने भए प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरि रहनुभएको छ। नेपालभरका सबै उहाँतिर जानु पर्ने हो, तर त्यस्तो हुँदैन।’

एमसीसीमा रुष्ट नेताहरुले प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्दै धम्क्याएको अर्थमा बुझेका छन् । आफनो भनाइले चिढिएर छुट्टै पार्टी निर्माणको तहसम्म नै श्रेष्ठ पुग्न आँटेको सूचना पाएपछि मंगलबार बेलुका श्रेष्ठ निवास हातीवनमै गएर प्रचण्डले भेटेका छन् ।

स्रोतका अनुसार भेटमा प्रचण्डले श्रेष्ठलाई पार्टीलाई एकतावद्ध बनाएर जाऊँ, विवादबारे पार्टीकै बैठकमा छलफल गरौंला भन्दै सम्झाउने प्रयास गरेका थिए । हरहालतमा पार्टी एकता बचाउनुपर्ने आग्रह प्रचण्डको थियो । श्रेष्ठले भने आफूले पार्टी छाडेर जाने कुरा नसोचेको भए पनि हिजोको भनाइले सोच्न बाध्य पारेको जवाफ प्रचण्डलाई फर्काएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*