पत्रकार विजयकुमारको निधन

अखबार हब
२०७८ फाल्गुन १८, बुधबार ०९:२३

भक्तपुर । साहित्यकार एवम् पत्रकार बीके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ। गएराति आफ्नै निवास भक्तपुरको सिपाडोलमा उनको निधन भएको हो।

केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलसिस गराउँदै आएका उनलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो। केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिइन्। उनको गएराति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

२०३२ सालमा पाल्पामा जन्मिएका उनी नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय थिए। उनी कानुन व्यवसायीसमेत थिए। पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*