सभामुखको राजीनामा पर्खिरहेका छौंः ओली

अखबार हब
२०७८ फाल्गुन १७, मंगलवार १६:०१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले सभामुखको राजीनामा पर्खिरहेको बताएका छन् ।

सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने भन्दै उनले भने, ‘हामी राजीनामा पर्खिरहेका छौं । ससम्मान बर्हिगमित हुनुहोस्, संसदले निष्काशन गर्‍यो भन्ने नपरोस् ।’

एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई निष्कासन गर्न माग गर्दै २३ भदौदेखि संसदमा नाराबाजी गर्दै आएको छ । १४ जनालाई निष्कासन नगरे सभामुखले राजीनामा दिनुपर्ने उसको अडान छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*