यस्तो देखियो पशुपतिमा शिवरात्रिको रौनक (फोटो फिचर)

अखबार हब
२०७८ फाल्गुन १७, मंगलवार १५:३९

काठमाडौं । आज महाशिवरात्रि पर्वका दिन पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

सोमबार रातिदेखि नै भीड बढेको पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि दर्शनका लागि भक्तजन लाइन बसेका थिए । उनीहरूले लामो समय लाइन बसेर पशुपति दर्शन गरेका छन् ।

देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका तीर्थयात्री समेत पशुपतिनाथ मन्दिरमा आएका छन् । आज बिहानै गृहमन्त्री बालकृष्ण खाँणसमेत पशुपतिनाथ मन्दिर पुगेका थिए ।

अघिल्लो वर्ष कोरोना महामारीका कारण प्रभावित शिवरात्रि यो वर्ष भव्य भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिमा भारतबाट करिब तीन हजार ५०० सन्तहरू आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*