दोस्रो चरणको निर्वाचनमा भिड्दै बुद्ध र आनन्द , रिङबाटै बाहिरिए जयराम

अखबार हब
२०७८ फाल्गुन १७, मंगलवार ०२:४३

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत सभापति पदका लागि पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

सोमबार भएको निर्वाचनमा सभापतिका प्रत्यासी बुद्ध लामा ५९२ मत प्राप्त गरी शीष स्थानमा आए भने ५४५ मत प्राप्त गर्दै आनन्दराम पराजुली दोस्रो स्थानमा आएका छन् ।

त्यस्तै संस्थापन इतर पक्षका एकमात्र उम्मेदवार जयराम लामिछाने भने ५३१ मत प्राप्त गरी पहिलो चरणको निर्वाचनबाटै बाहिरिएका छन् ।

हेटौडा–२ स्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा सोमबार राती १०ः३० बजेदखि सुरु भएको मतगणना मंगलबार बिहान २ः३० बजे सकिएको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए ।

सोमबार भएको मतदान प्रक्रियामा एक हजार सात सय ७५ जनाले मतदान गरिका थिए । प्रतिनिधिसभा क्षेत्र १ को (क)बाट ४ सय ९५ मत, (ख) बाट २ सय ६२ मत खसेको छ भने प्रतिनिधि सभा क्षेत्र २ को (क)बाट ५ सय २ र (ख)बाट ५ सय १६ मत खसेको उनले जानकारी दिए ।

मतदान प्रकृयामा जिल्लाभरबाट निर्वाचित भएका १ हजार ८ सय ५३ जना क्षेत्रीय प्रतिनिधिहरु मतदाता रहेका थिए । कांग्रेस मकवानपुरको आगामी नेतृत्वका लागि सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेको प्यानल चुनावी मैदानमा रहेका थिए ।

सभापति कडा प्रतिस्पर्धा भएका कारण दोस्रो चरणमा पुनः निर्वाचनमा जयराम लामिछाने बाहिरिएसँगै बुद्ध लामा र आनन्दराम पराजुली बिच प्रतिस्पर्धा हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*