मतपरिणाम अपडेटः ३ सय मत गन्दा पराजुलीको अग्रता कायमै
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना हेटौडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा जारी रहेको छ । खसेको मतमध्ये ३ सय मत गणना हुँदा ११० मतसहित आनन्दराम पराजुलीको अग्रता कायमै रहेको छ ।
यता बुद्ध लामाले ८५ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले ८० मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताएका छन् । १५ मत भने बदर भएको छ ।
निर्वाचनमा एक हजार ७७५ मत खसेको छ ।
यस्तो छ परिणाम:–
आनन्दराम पराजुलीः ११०
बुद्ध लामाः ८५
जयराम लामिछानेः ८०
बदरः १५







