काँग्रेस मकवानपुरको अधिवेशन आज, सभापतिमा त्रिपक्षिय भिड्न्त
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन लागि आज मनोनयन दर्ता हुने भएको छ । काँग्रेसको जिल्ला अधिवेशनमा मतदान १६ गते सोमबार बिहानबाट हुने भएको हो।
काँग्रेस मकवानपुरको सभापति पदका लागि तीन जना उमेदवार हुने भएका छन् । काँग्रेस संस्थापन पक्षबाट दुर्इजना उमेदवार हुने देखिएको छ । संस्थापन पक्षबाट आनन्दराम पराजुली र बुद्ध लामाले सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । यता इतर पक्षबाट भने जयराम लामिछानेले उमेदवारी दिने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिबेशन अन्तर्गत आज विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६–३० र मतदान फागुन १६ गते विहान ८ बजे हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिए । निर्वाचन प्रकृया हेटौंडा–१ चौकीटोलामा हुने जनाइएको छ।







