नेपाल खेलकुद महासंघ बागमती प्रदेशको अध्यक्षमा कार्की

अखबार हब
२०७८ फाल्गुन १४, शनिबार २०:३४

मकवानपुर । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटिको अधिवेशनले अध्यक्षमा सिताराम कार्की चयन गरेको छ । आज हेटौँडामा भएको संघको प्रथम प्रदेश अधिवेशनले कार्कीको अध्यक्षतामा ४३ सदस्यीय प्रदेश कमिटि सर्वसहमत चयन भएको हो ।

कमिटिको उपाध्यक्षहरुमा रामकृष्ण ढकाल (चितवन), सविता पाण्डे (नुवाकोट) चयन भएका छन् । सचिवमा जनरल श्रेष्ठ (मकवानपुर) उपसचिवहरुमा रोषन क्षेत्री (धादिङ), नविना खनिया (चितवन) र कोषाध्यक्षमा इन्द्रप्रसाद सञ्जेल (मकवानपुर) चयन भएका छन् ।निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आजै सपथग्रहणसमेत भएको छ ।

खेल क्षेत्रको विकास, विस्तार र भौतिक अवस्थालाई थप सुधारको लागि एमालेले खेलकुद महासंघमार्फत् पर्याप्त कार्यक्रमहरु सञ्चालन गर्ने महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले बताए । खेलकुद क्षेत्रलाई माया गर्ने पार्टी नेकपा एमाले मात्र भएको भन्दै बस्नेतले प्रदेश कमिटिले आजैबाट खेल क्षेत्रको विकासको लागि योजनाहरु बनाएर काम गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*