काँग्रेस मकवानपुरः ईन्द्रको साथ बुद्धलाई

अखबार हब
२०७८ फाल्गुन १४, शनिबार १९:५५

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको आसन्न अधिवेशनमा बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले बुद्ध लामालाई साथ दिने भएका छन् ।

आज हेटौंडामा भएको बुद्ध लामाको जिल्ला सभापती उम्मेद्वारी घोषणा कार्यक्रममा आफ्नो र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको साथ लामालाई रहने काँग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेले बताए । ६८ प्रतिशत जनजाती बासोबास गर्ने जिल्लामा बुद्ध लामालाई सभापति बनाउनु पर्नेमा उनले जोड दिए ।

यो पार्टी करौंडो रुपैँयाको गाडी चढ्नेको मात्र नभएको भन्दै उनले यो पार्टी सोझा हुँदा खानेको पनि पार्टी रहेको बताए ।

कांग्रेसमा बाहुन क्षेत्रीले मात्र पद खाईरहने बाहुल्य जातीलाई पछि पार्ने मात्र काम भएको भन्दै उनले सहमतिमा आफु नत्र इन्द्र बानीयाको टिमबाट बुद्ध लामानै उम्मेद्वार रहेको बताए । लामाको उम्मेद्वारी घोषणामा निकै आक्रमक शैलिको भाषण गरेका लामिछानेले पार्टीमा आवश्यक्ताको सिद्धान्त लागु हुने बताए । बुद्ध लामालाई पटक–पटक जालझेल गरेर पछि पारिएको भन्दै उनले यो पटक त्यस्ता जालझेल नहुने बताए ।

भाषणको अधिकांश समय बानीयाँको प्रशंसामा खर्च गरेका लामिछानेले पटक–पटक आफ्नै गुटका अर्का प्रत्यासी आनन्दराम पराजुलीलाई ब्याङ्ग्य गरेका थिए । उनले घुमाउरो भाषामा यो पार्टी करोड रुपैँयाको गाडी चढनेको मात्र नभएको बताएका छन् ।

लामालाई अधिकांश स्थानीय तहको सभापतिको साथ रहेको बताईएको छ । इन्द्र बहादुर बानीयाँले लामालाई ग्रिन सिग्नल दिएपछि आज लामाको उम्मेद्वारी घोषणा भएको हो । उम्मेद्वारी घोषणा कार्यक्रममा केन्द्रमा प्रकाशमान सिंहको पक्षधर मानिने मकवानपुर जिल्ला नेता तथा नेविसंघका महामन्त्री प्रभात दाहालको समेत उपस्थिती रहेको थियो । दाहालले पनि लामालाई सहयोग गर्ने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*