नेपाल आज र सगरमाथा खबर प्रेस काउन्सिलको कालोसूचीमा

अखबार हब
२०७८ फाल्गुन १३, शुक्रबार २०:५४

काठमाडौं । प्रेस काउन्सिल नेपालले दुई वटा अनलाइनलाई कालोसूचीमा राखेको छ। आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकलले नेपाल आज डटकम र सगरमाथाखबर डटकमलाई कालोसूचीमा राखेको हो।

नेपाल आजले पटक–पटक व्यक्तिगत जीवनमा आँच आउने गरी समाचार लेख्ने गरेको, खण्डन प्रकाशन गर्न दिइएको निर्देशन पालना नगरेको, सचेत र ध्यानाकर्षण गराउँदा पनि सुधार नआएपछि काउन्सिलले कालोसूचीमा राखेको हो।

नेपाल आज डटकमलले अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवर रूपमा प्रायोजित एवम् एकपक्षीय समाचार सम्प्रेषण गरेको, पेशाको चरम दुरुपयोग गरेको र ब्ल्याकमेलिङ गरी चरित्रहत्या गरेको उजुरी काउन्सिलमा परेको थियो।

सगरमाथाखबरलाई भने निर्देशनहरू अवज्ञा गरेकाले कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार चालु आर्थिक वर्षको फागुन १२ गतेसम्म मिडियाविरूद्ध १३२ वटा उजुरी, आठ वटा जनगुनासो दर्ता भएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*