इन्डियन प्रिमियर लिग २६ मार्चदेखि २९ मे सम्म

अखबार हब
२०७८ फाल्गुन १३, शुक्रबार १८:२६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) आगामी २६ मार्चदेखि सुरु हुने भएको छ। प्रतियोगिताको फाइनल २९ मे मा हुने तय भएको हो।

शुक्रबार आइपिएल गवर्निङ काउन्सिलले प्रतियोगिताको मिति तय गरेको हो। लिग चरणका सबै ७० खेल महाराष्ट्रमा खेलाइने छ। ५५ खेल मुम्बई र १५ खेल पुणेमा हुने जनाइएको छ। मुम्बइको वानखडे मैदानमा तथा डो डीवाइन पाटिल स्टेडियममा २० खेल हुँदा ब्रेबोर्न स्टेडियममा १५ खेल खेलाइने छ।

बाँकी १५ खेल पुणेस्थित एमसिए अन्तरारष्ट्रिय स्टेडियममा खेलाइने छ। प्लेअफ र फाइनल खेलको बारेमा भने आधिकारीक बक्तब्य सार्वजनिक गरिएको छैन्। आइपिएल इतिहासमा पहिलो पटक समूह विभाजन गरेर प्रतियोगिता गर्न लागिएको छ।

दुई समूहमा समान ५.५ टिम बनाएर प्रतियोगिता गर्न लागिएको हो। समूह ‘ए’मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट रहँदा समूह ‘बी मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स र गुजरात टाइटन्स रहेका छन्।

सबै १० टिमले लिगचरणमा १४/१४ खेल खेल्ने छन्। सबै टिमले आफ्नो समूहको टिमसँग २/२ खेल खेल्दा दोस्रो समूहको टिमसँग भने १/१ खेल खेल्नु पर्ने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*