प्रचण्ड भेट्न खुमलटार पुगे बामदेव गौतम
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बामदेव गौतमबीच भेटवार्ता भएको छ। संसदमा एमसीसी टेबल भएपछि गौतमले प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका हुन्।
उनीहरुबीच एमसीसी सम्झौता र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। यसअघि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए। भेटवार्ता सकारात्मक भएको बताइएको छ। सत्ता गठबन्धनमा खटपट आएपछि माधव नेपाल र प्रचण्डबीच पनि आजै भेटवार्ता भएको थियो।







