मकवानपुर प्रहरीद्वारा अवैध लागूऔषधसहित २ जना पक्राउ

अखबार हब
२०७८ फाल्गुन ९, सोमबार १८:३३

मकवानपुर । मकवानपुर प्रहरीले अबैध लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.४० प ६४७८ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका–९ वस्ने वर्षीय ४२ को ईश्वरबहादुर उदास र २४ वर्षीय सन्दिपकुमार श्रेष्ठलाई अवैध लागूऔषध नाइट्राभेट् ३०० ट्याब्लेट, नुर्फिम ५३ एम्पुल, डाइजेपाम ५० एम्पुल, फेनारगन ५६ एम्पुलसहित पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकल र उनीहरुलाई नियन्त्रण्मा लिएर जिल्ला अदालतबाट १८ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*