हेटौंडाको क्याम्पाडाँडामा मोटरसाईकल दुर्घटना, एकको मृत्यु

अखबार हब
२०७८ फाल्गुन ८, आईतवार १०:३१

मकवानपुर । हेटौंडाको क्याम्पाडाँडा पुल नजिक मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

गएराति करिब १ बजे हेटौंडाको कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक हेटौंडा–१५ फायरलाईनका २५ वर्षीय बिक्रम वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका वाईबाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

यसैगरि, मोटरसाईकलमा सवार स्थानीय ३१ वर्षीय रमेश बल घाईते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*