सत्ता गठबन्धन दलको बैठक सकिए लगत्तै बालकोट पुगे देउवा

अखबार हब
२०७८ फाल्गुन ५, बिहीबार २१:०३

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरूबिच तीन घण्टा भएको छलफलमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता संसद्मा टेबल गर्नेबारे सहमति नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट निस्किएर बालकोट पुगेका छन्।

देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन्। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा नेपाल एमसिसी टेबल गर्न नहुने पक्षमा उभिएपछि बैठकमा रिसाउँदै देउवाले सरकारले एमसिसी टेबल गर्ने भन्दै अन्य दलका नेताहरूलाई जे मन लाग्छ त्यही गर्न भनेका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*