मकवानपुर काँग्रेस सभापतिमा चार नेताको दाबी,कस्ले मार्ला बाजी ?

अखबार हब
२०७८ फाल्गुन ५, बिहीबार २०:४६

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् मकवानपुरको जिल्ला अधिवेशन आगामी १५ फागुनमा हुँदैछ । अधिवेशन नजिकिएसंगै सबै नेता कार्यकर्ताहरु जिल्लाको सक्षम नेतृत्व चयनका लागि बहस र छलफलमा केन्द्रित भएका छन् ।

जिल्ला अधिवेशनमा सभापति, उपसभापतिलगायत पदाधिकारी तथा जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणाको क्रमले तीव्रता पाएको छ । जिल्ला सभापति पदमा भने हालसम्म चार जना नेताले आफ्नो उम्मेदवारी रहने घोषणा गरेर कार्यकर्तामाझ मत माग्न व्यस्त देखिन्छ ।

सभापति पदमा हालसम्म निवर्तमान हेटौंडा नगरसभापति तथा पूर्वा जिल्ला सचिव आनन्दराम पराजुली, वर्तमान कार्यबाहक सभापति विष्णु लामिछाने, वर्तमान जिल्ला सचिव बुद्ध लामा र सल्लाहकार जयराम लामिछाने यतिखेर चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको पदाधिकारी र सदस्य पदभन्दा सभापति पदमा हुने निर्वाचनमा भने सबैको चासो देखिएको छ । सभापति पदमा चार जना आकांक्षी देखिएपछि पार्टीको नेतृत्व कस्ले गर्ला भन्नेमा आम चासोका रुपमा हेरिएको छ ।

सभापतिमा कांग्रेस संस्थापन पक्षका आनन्दराम पराजुली, विष्णु लामिछाने र बुद्ध लामा तथा संस्थापनइत्तरका उम्मेदवार जयराम लामिछाने मैदानमा उत्रने भएका छन् ।

पराजुली, तरुण दल जिल्ला सभापति, पार्टी जिल्ला सचिव, पार्टी हेटौंडा नगर सभापति हुँदै जिल्ला सभापति जित्ने दाउले चुनावी मैदानमा होमिएका छन् । चार जना उम्मेदबारले आफ्नो जीत पहिलो चरणमै हुने दाबी गर्दै आएका छन् ।

सभापतिका उम्मेदवार पराजुली अडान कायम राख्ने नेताका रुपमा परिचित छन् । पराजुलीलाई हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीसहित क्षेत्र नं. १ संघीय सभापति दामोदर खनाल र अधिकांश पालिकाका सभापतिको समर्थन रहेको बुझिएको छ ।

त्यस्तै संस्थापनइत्तरबाट सभापतिका अर्का उम्मेदवार पार्टीका सल्लाहकार तथा महाधिवेशन प्रतिनिधि जयराम लामिछाने मैदानमा छन् । निर्माण व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष भएर देशव्यापी नाम कमाएका उनी पनि गाउँमा सडक पु¥याउनेदेखि खानेपानी समस्या भएको ठाउँमा पाइप दिएर सामाजिक कार्यमा सक्रिय छन् । लामिछानेले पार्टी सभापतिमा आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।

सभापति पदका अर्का उम्मेदवारद्वय वर्तमान सचिव बुद्ध लामा र हालका कार्यबाहक सभापति विष्णु लामिछोने पनि बलियो सम्भावना रहेको नेताहरुको भनाइ छ । लामा सालिन र पार्टीमा निरन्तर काम गरिरहेका नेता हुन् भने विष्णु लामिछाने मकवानपुर कांग्रेसका अनुभवी नेता हुन् ।

कांग्रेस मकवानपुरको राजनीतिमा केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको भूमिका के हुने भन्ने आम कार्यकर्तामा चासो देखिएको छ । संस्थापन पक्षबाट एकमात्र उम्मेदबार हुँदा को हुने भन्ने चासो एकातिर छ भने चारैजना उम्मेदबार हुँदा के नतिजा आउला भन्ने विषयमा चोकचौतारोमा विभिन्न खालका अड्कलबाजीहरु भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*