युवा परिषद्का उपाध्यक्ष चौलागाईं पदमुक्त

अखबार हब
२०७८ फाल्गुन ५, बिहीबार १५:४४

मकवानपुर । प्रदेश सरकारले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्त गरको छ ।

बागमती प्रदेश सरकारको आज बसेको मन्त्री परिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको,सोधीएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएको,पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको,परिषद्को स्विकृति वेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको,ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिबिधिहरु गएको भन्दै चौलागाईंलाई बर्खास्त गरीएको बागमती सरकारका प्रबक्ता समेत रहेका आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल ले जानकारी दिए ।

चौलागाई २०७८ जेठ २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*