पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

अखबार हब
२०७८ फाल्गुन ५, बिहीबार १०:०२

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले फेरि मूल्य बढाउने तयारी गरेको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल ५ रुपैयाँ ६१ पैसा, डिजेल ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धन ४ रुपैयाँ ९५ पैसाले बढेको छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएकाले भाउ बढाउने तयारी गरिएको निगमले जनाएको छ।

कच्चा तेलको मूल्य झन्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा नेपालमा घाटा सहेर तेल बेच्न नसकिने निगमका अधिकारीहरूको भनाइ छ । केही दिनपछि माथिको अनुमति लिएर तेलको मूल्य बढाइने निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताएका छन् । उनकाअनुसार निगमलाई दैनिक १६ करोडभन्दा धेरै घाटा भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*