महिला लिग फुटबलको पहिलो चरण चितवनमा हुने

अखबार हब
२०७८ फाल्गुन ३, मंगलवार १८:५६

काठमाडौं । महिला लिग फुटबलको पहिलो चरणको खेल चितवनमा हुने भएको छ । लिगको पहिलो चरणको खेल सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यस लिगमा आठवटा टोली समावेश हरेका एन्फाले जनाएको छ ।

जसमा नेपाल प्रहरी क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका गरी ६ पुराना टोली र यस पटकदेखि पहिलो पटक सहभागी हुने ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाको टोली रहने एन्फाले जनाएको छ ।

खेलहरू भरतपुर महानगरपालिकाका–७/१९ मा हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*