जवर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

अखबार हब
२०७८ फाल्गुन ३, मंगलवार १६:२५

काठमाडौं । प्रहरीले २४ वर्षपछि बलात्कार मुद्दाका दोषीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभा जिल्लाको साविक मकालु गाविस–९ हालको मकालु गाउँपालिका वडा नं १ बस्ने मिङ्तेम्बा शेर्पा रहेका छन्।

शेर्पा समेतले २०५४ पुस १८ गते घर फर्कंदै गरेकी महिलालाई मकालु गाउँपालिकास्थित चत्चेक भन्ने स्थानमा एक्लै फेला पारी मारिदिने धम्की दिई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

संखुवासभा जिल्ला अदालतले मिति २०६१/१२/१० मा मिङ्तेम्बा शेर्पालाई दोषी ठहर गरी साविक मुलुकी ऐन, जवरजस्ती करणीको महल वमोजिम ५ वर्ष कैद हुने र प्रतिवादीको अंश भागबाट आधा पीडित महिलाले पाउने फैसला गरेको थियो।

फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले सोमबार काठमाडौं इचङ्गुनारायण, ठूलोभर्याङ्गबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*