भीम रावल र घनश्याम भुसालले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्

अखबार हब
२०७८ फाल्गुन २, सोमबार १८:१४

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा सो पार्टीले आफ्ना सांसदलाई ६ वटा छुट्टाछुट्टै कागजमा हस्ताक्षर गर्न लगाएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावको विषयमा छलफल गर्न बसेको बैठकमा हस्ताक्षर संकलन भए पनि केन्द्रीय सदस्यद्वय भीम रावल र घनश्याम भुसालले भने हस्ताक्षर गर्न मानेनन् ।

अध्यक्ष ओलीको निर्देशनमा सर्वोच्चका अरु ४ न्यायाधीशविरुद्ध महाअभियोग ल्याउँदा र सभामुख सापकोटाविरुद्ध महाअभियोग ल्याउँदा पनि काम लाग्न सक्ने भन्दै एमालेले हस्ताक्षर संकलन गरेको हो ।

बैठकमा त्यो हस्ताक्षर किन संकलन गरिएको हो भन्नेबारे जानकारी नदिइएपछि रावल र भुसालले हस्ताक्षर गर्न नमानेका हुन् । उनीहरुले आफ्नो हस्ताक्षर दुरुपयोग हुने भन्दै हस्ताक्षर गर्न नमानेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*