संगठन विस्तारमा प्रकाश बर्तौला

अखबार हब
२०७८ फाल्गुन १, आईतवार १७:४७

मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौलाले आफ्नो संगठन विस्तारको कामलाई तीव्रता दिएका छन् । साथै सरकारले स्थानीय निर्वाचन बैशाख ३० गते गर्ने भनेर घोषणा गरेपछी पार्टीको नियमित संगठन विस्तार कार्यसंगै वडा वडामा पुगेर चुनाव लक्षित कार्यक्रमलाई प्राथमिकता दिइरहेका छन् ।

यसैको शिलशिलामा शनिबार मनहरी गाउँपालिका वडा नं. १ मा क्रियाशिल सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेस मनहरी १ मा फाटिएको मनहरुलाई एक गर्दै आगामी स्थानीय चुनाबमा कसरी पार्टीलाई पहिलो बनाउने भन्ने विषयमा क्रियाशिल सदस्यहरुबीच छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रम वडा नं. १ का वडा सभापति रामप्रसाद उप्रेतीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मनहरी गाउँ कमिटीका सभापती प्रकाश बर्तौलाको प्रमुख आतिथ्यता र प्रदेश कमिटी सभापति रञ्जन कालाखेती लगायतको उपस्थिति तथा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर जिल्ला सदस्य रघुनाथ अधिकारी, क्षेत्र नं. २ संघीय सदस्य राममणि न्यौपाने, क्षेत्र नं. २(ख) सचिव नवराज पौडेल, प्रदेश प्रतिनिधि सागर जिम्बा, मनहरी गाउँपालिका उपाध्यक्ष सूर्य रोक्का, कोषाध्यक्ष आर्यन खतिवडा, मनहरी १ का पूर्व सभापति (क्षेत्रीय प्रतिनिधि) रामकुमार उप्रेती, क्षेत्रीय प्रतिनिधि विदुर थापा, कांग्रेस मनहरी गाउँपालिका सदस्य तुलप्रसाद पाण्डे,मनहरी १ नं. तरुण अध्यक्ष दिनेश घलान, मनहरी १ वडाध्यक्ष (नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि) शिवप्रसाद खनाललगायत अन्य व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*