५ किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

अखबार हब
२०७८ फाल्गुन १, आईतवार १३:१६

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी कार्यालयले चिनियाँ नागरिक राहदानी नम्बर इजे०२४८१३१ का ३६ झाङ लिलाई पक्राउ गरेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीम ढकालले जनाकारी दिए ।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*