मधेश प्रदेशमा आज सार्वजनिक विदा

अखबार हब
२०७८ फाल्गुन १, आईतवार १०:११

काठमाडौं । मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेको छ। मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक २७औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएको हो।

जनयुद्ध दिवसको अवसरमा मधेश भवन परिसरमा एक कार्यक्रम आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए। यश अवसरमा मधेश सरकारले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायतका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*