एउटा खोप पनि हराएको छैन : स्वास्थ्यमन्त्री खतिवडा

अखबार हब
२०७८ माघ २९, शनिबार २०:००

मोरङ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एउटा पनि कोरोनाविरुद्धको खोप नहराएको दाबी गरेका छन् । विराटनगरमा शनिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खतिवडाले खोपको तथ्यांक नभएको भन्ने विषय राजनीतिक प्रोपोगण्डा मात्रै भएको बताएका हुन् ।

‘कुन देशबाट कुन कुन खोप कति आएको र त्यो कुन प्रदेश र पालिकामा कति पठाएको सबै तथ्यांक भएकोले खोप हराएको कसरी भन्न मिल्छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खोप लगाउने क्रममा केही खोप वेस्टेज गएकोलाई अहिले राजनीतिक मुद्दा बनाएर यति धेरै हंगामा मच्चाइएको छ ।’

सुरुमा निश्चित दिन तोकेर खोप लगाउने गरेको र त्यहाँ स्वास्थ्यकर्मीले लिएर गएको खोप खोलेर लगाउने क्रममा बाँकी रहेको खोप वेस्टेजु भएको भन्दै उक्त संख्यालाई नै लिएर अहिले यति धेरै राजनीतिक भइरहेको खतिवडाको भनाइ थियो ।

अहिले प्रत्येक स्थानीय तहमार्फत दैनिक खोप लगाउने काम भइरहेकाले एउटा पनि खोप खेर नजाने गरेको उनले बताए । यस्तै चैत महिनाअघि नै १२ वर्षमाथिका उमेर समूहका प्रत्येक नागरिकलाई खोप लगाइसक्ने उनको दाबी थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*