विभिन्न पार्टी परित्याग गरि हेटौँडामा १ सय ५ जना एमाले प्रवेश

अखबार हब
२०७८ माघ २९, शनिबार १९:५२

मकवानपुर । विभिन्न पार्टी परित्याग गरि हेटौँडामा १ सय ५ जना एमाले प्रवेशमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कांग्रेस तथा अन्य विभिन्न दलहरु परित्याग गरि आज हेटौँडामा १ सय ५ जना एमालेमा प्रवेश गरेको हो ।

शनिवार हेटौँडामा भएको कार्यक्रमबिच राप्रपा हेटौँडा उपमहानगर वडा नंबर ८ का सचिव विजय खतिवडा, तरुण दलका वडा सदस्य विधान कार्काी, दिपेन्द्र मोक्तान, कांग्रेस कार्यकर्ता तथा ब्यवसायी बलराम थापा, अर्जुन खतिवडा, रोषन कार्की, माओवादी केन्द्रका सरोजकुमार कार्की, राजु मोक्तान, राप्रपाका राजु गिरि, सपना गिरि, निशा कार्की लगाएत १ सय ५ जना एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई वागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, वडा नंब ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ लगाएतले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*