श्रमिक टोल विकास हेटौंडाको २३औं साधारणसभा सम्पन्न
मकवानपुर । श्रमिक टोल विकास संस्था हेटौंडाको २३औं साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–८ कमानेमा संस्थाको २३औं साधारणसभा सम्पन्न भएको हो ।
श्रमिक टोल विकास संस्थाका अध्यक्ष इन्द्रप्रसाद ढुंगेलको सभाध्याक्षतामा भएको कार्यक्रममा टोल विकासले गरेका कामहरुको बारेमा जानकारी दिएको थियो । संस्थाले टोलका युवाहरुको सक्रियतामा (बाल उद्यान) पार्क सामुदायीक भवन साथै अन्य भौतिक संरचनाहरुको निर्माण गरेको टोल विकासका अध्यक्ष ढुंगेलले जानकारी दिए ।

श्रमिक टोल विकास संस्थाले निर्माण गरेको (बाल उद्यान) पार्क ।
अघिल्लो वर्ष गठन भएको यस टोल विकास संस्थाले ४ लाख बराबरको टोल विकास भवनको निर्माण गरेको छ । साथै उक्त भवनको साधारणसभाको अवसर पारेर आज उद्घाटन समेत गरिएको उनले बताए ।
कार्यक्रममा संस्थालाई वडा र टोलका सहयोगीहरु मार्फत् संकलन गरिएको आर्थिक सहयोगको विवरण समेत साधारणसभामा प्रस्तुत गरिएको अध्यक्ष ढुंगेलले बताए ।

श्रमिक टोल विकास सस्थाद्वारा निर्मित सभाहल (सामुदायीक भवन )







