कांग्रेस मकवानपुरको सभापतिमा विष्णु लामिछानेको पनि उम्मेदवारी

अखबार हब
२०७८ माघ २९, शनिबार १३:५३

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सभापति पदमा एक अर्का उम्मेदवार थपिएका छन् । पार्टीको कार्यबाहक सभापति विष्णु प्रसाद लामिछानेले पनि सभापति पदमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशन फागुन १३ गतेका लागि तोकेपछि उम्मेदवारी दिने र प्रचारप्रसार गर्ने कार्य तीब्र भइरहेको छ ।

मकवानपुरमा सभापतिको लागि अहिलेसम्म निवर्तमान नगर सभापति आनन्दराम पराजुली, जिल्ला सचिव बुद्ध लामा र सल्लाहकार जयराम लामिछानेको दावी रहेको थियो भने विष्णु प्रसाद लामिछानेले समेत सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै आकांक्षीहरुको संख्या चार पुगेको छ ।

लामिछाने नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह अथार्त संस्थापन पक्षका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*