फरेष्टी क्याम्पस हेटौंडामा १० लाख अमेरिकी डलर पुरस्कार सहितको हल्ट प्रतियोगिता

अखबार हब
२०७८ माघ २९, शनिबार १०:५७

मकवानपुर । त्रिभुवन वन विज्ञान संस्थान हेटौंडामा हल्ट प्रतियोगिता हुने भएको छ । हेटौंडा–१० मा रहेको त्रिभुवन वन विज्ञान संस्थानमा १६ फेब्रुअरीबाट उक्त प्रतियोगिता सुरु हुन लागेको हो ।

हल्ट इन्टरनेशनल बिजनेस स्कूल (बी.ए.) ले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागी रहने त्रिभुवन वन विज्ञान संस्थान हेटौंडा हल्ट प्रतियोगिताका निर्देशक सवल शर्माले जानकारी दिए ।

विश्वव्यापी रुपम फैलिएको कोरोना महामारीले सिर्जना गरेको बेरोजगारी समस्याको समाधान गर्ने उद्देश्यका साथ शुरु भएको यस वर्षको प्रतियोगिताको मुख्य उद्देश्य सामाजिक उद्यम सुरु गर्न मद्धत गर्ने निर्देशक शर्माले जानकारी दिए ।

हल्टको यस वर्षको प्रतियोगितामा खाद्य, सुरक्षा, पानीको पहुँच, ऊर्जा, शिक्षा जस्ता विषयहरूका सामाजिक समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुको उत्कृष्ट योजना प्रस्तुत गरिने छ ।

हल्टमा सहभागी विद्यार्थीले क्याम्पस हल्ट प्राइज जस्ता विभिन्न राउन्डहरू पार गर्दै, क्याम्पस विजयी टोलीले क्षेत्रीय, एक्सेलेटर, समिट, ग्लोबल फाइनल जस्ता विभिन्न क्रमिक राउन्डहरूमा अगाडि बढ्दै । विजयी हुने टिमले १० लाख अमेरीकी डलर पुरस्कार प्राप्त गर्ने शर्माले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*