विपन्न परिवारलाई रेणु लामाले गरिन् खाद्यान्न सहयोग
मकवानपुर । हाल छिमेकी देश भारतमा बस्दै आएकी मकवानपुरका रेणु लामाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेकी छन् । हेटौंडा उपमहानगरपालिका—११ नमुना चोकमा बस्दै आएका विपन्न परिवारलाई मकवानपुरकी रेणु लामाले खाद्यान्न सहयोग गरेको हो ।
उनले मकवानपुरका सञ्चारकर्मी अन्जना तामाङ र जमुना थिङमार्फत् बिहीबार विपन्न परिवारलाई ६ हजार ५ सय रुपैयाँको खाद्यान्न सहयोग गरेकी छन् । १ बोरा चामल, नुन २ प्याकेट, ६ वटा लुगा धुने साबुन, २ किलो मुसुरोको दाल, २ किलो चिउरा सहयोग गरेकी छन् । यसैगरी ४ मिटरको ओछ्याउने म्याट, २ लिटर खाने तेल लगायतको सामाग्री सहयोग गरिएको हो ।







