वाइसीएल मकवानपुरको संयोजमा ठकुरी

अखबार हब
२०७८ माघ २६, बुधबार १९:४१

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको संयोजकमा लवराज ठकुरी चयन भएका छन् । वाइसीयल बागमती प्रदेश कमिटिको बैठकले उनलाई मकवानपुर संयोजक चयन गरेको हो ।

यस अघि वाइसीयल मकवानपुरको सचिव रहेका ३८ वर्षीय ठकुरी हेटौंडा ४ निवासी हुन् । उनी वाइसीयलको बिभिन्न जिम्मेवारीमा एक दशकदेखि सक्रिय छन् । संयोजक चयन भएपछि ठकुरीले भ्रष्टाचार र अनियमितताको सुक्ष्म ढंगले नियमन गर्दै यस बिरुद्ध अभियान सञ्चालन गरिने बताए । साथै राजनीतिक र सामाजिक क्षेत्रमा वाइसीएललाई सक्रिय बनाइने उनले बताए ।

‘पार्टीको नीति अनुसार देश र जनतको पक्षमा काम गर्ने एक सशक्त संगठन बनाउने काममा म अघि बढ्छु’, ठकुरीले भने, ‘आगामी स्थानीय तहको निर्वाचनमा युवाहरुलाई परिचालन गरी नेकपा माओवादी केन्द्रको पक्षमा जनलहर ल्याउनेगरी हामी काम गर्नेछौं ।’

वाइसीयल बागमती प्रदेश कमिटिको बैठकले वाइसिएल मकवानपुरको सचिवमा अरुण मोक्तानलाई चयन गरेको छ । त्यस्तै केन्द्रीय कृषि तथा उत्पादन विभागमा सानुबावु मोक्तान, शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि विभागमा दिनेश बानियाँ, खेलकुद विभागमा आलोक लामा, अनुशासन विभागमा सरोज पाख्रिन, जनमुक्ति सेना विभागमा सुनिल बयलकोटीलाई सिफारिस गरेको छ ।

प्रदेश आयोजक कमिटीमा जिल्ला संयोजक ठकुरीसँगै मकवानपुरका किरण मोक्तान, अबिनाश गजुरेल, शोभासिं ठकुरी घिमिरे, बिष्णु नेगी, प्रकाश थापा, जगदीश दाहाल, बिरध्वाज थिङ, दीपक थिङ, दिपेन्द्र अधिकारी र कमल अर्याललाई चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*