हेटौंडाको बुद्ध चोकमा एक हप्ते कोरोना विरुद्धको खोप अभियान

अखबार हब
२०७८ माघ २६, बुधबार १६:०२

मकवानपुर । हेटौंडामा बुधबार सर्वसाधारणलाई लक्षित गरि एक हप्ते कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले हेटौंडाको बुद्ध चोकमा एक कार्यक्रमकाबीच खोप अभियान सुरु गरिएको छ ।

एक हप्तासम्म चल्ने खोप अभियान सर्वसाधारण लक्षित गरिने जनाइएको छ । खोप लगाउन अनिवार्य गरेपछि हेटौंडा बजारको चोकमै खोप लगाउन लागिएको हो ।

फागुन ३ गते सम्म लगाइने खोप अभियानमा जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका, स्वास्थ्य कार्यालय मकवानपुर, पुरानो नारायणी यातायात कम्पनी, राडो नेपाल, एशोसिएसन अफ प्राइभेट हेल्थ ईन्टिच्युट नेपाल मकवानपुरको सहकार्यमा विशेष खोप सप्ताह कार्यक्रम गरिएको हो ।

यस अघि हेटौंडाको विभिन्न स्थानहरुमा पनि खोप अभियान गरि खोप लगाउने कार्य गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*