जिसस मकवानपुरद्वारा बागमती गाउँपालिकाको अनुगमन
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरले सोमबार जिल्लाको बागमती गाउँपालिको अनुगमन गरेको छ । स्थानीय तहहरुको वार्षिक योजना प्रगति, आर्थिक सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरण, सामाजिक सुधारलगायतका क्षेत्रमा भएरगरेका कार्यहरुको नियमित अनुगमन गर्ने क्रममा सोमबार बागमती गाउँपालिकाको अनुगमन गरेको हो । यस अघि जिससले आइतबार मौजदात कोषबाट निर्माणाधिन हेटौंडा–१४ बदेलधाप, स्थित खानेपानी आयोजनाको अनुगमन गरेको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतलगायतसंग हालसम्मको समग्र प्रगतिको अवस्थाका विषयमा जानकारी लिनुका साथै विभन्न आयोजनाको स्थलगत निरिक्षण समेत गरेका थिए । सो क्रममा उनीहरुले गाउँपालिकाको गौरबको योजना अन्तरगतको निर्माणधिन माझि संग्राहालय, धरानचतरा राजमार्ग अन्तरगतको बागमती खोलामा निर्माणाधिन पुललगायत पालिकाका विभिन्न आयोजनाको अनुगमन गरेका थियो । अनुगमन टोलीले स्थानीय तह स्वमुल्याङकन (लिजा) को बारेमा समेत जानकारी लिएको थियो ।
अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङतान, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद सापकोटाले स्थानीय तहमा यो वर्ष कोभिडका कारण उपलब्धी कम भएको जानकारी दिए । उनीहरुले हालसम्म गाउँपालिकाको ६० प्रतिशत योजना सम्झौता भईसकेको र ३० प्रतिशत सम्पन्न भईसकेको जानकारी दिए ।







