हेटौंडाको पशुपतिनगरमा सवारी दुर्घटना, एक जना घाइते
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरको मास्टरचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत् भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार एकजना घाइते भएका हुन् । अम्लेखगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३ ००२ प ९३६२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ग.१ ख ६१६० नम्बरको बसले ठक्कर दिएको हो ।
घाइतेको पहिचान अझै खुलेका छैन । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।







