हेटौंडामा तेस्रो लिङ्गीको हत्यामा संलग्नलाई जीवित रहेसम्म कैदको फैसला

अखबार हब
२०७८ माघ २०, बिहीबार २०:१७

मकवानपुर । जिल्ला अदालत मकवानपुरल तेस्रो लिङ्गीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकोलाई जीवित रहेसम्म कैदको फैसला गरेको छ ।

जिल्ला अदालत मकवानपुरले २०७६ साल माघ ४ गते विहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी नाम परिवर्तन ‘कमलडाँडा एफ’ को हत्यामा संलग्न भएको ३ जनालाई जीवित रहेसम्म कैद फैसला गरेको हो । हत्यामा संलग्न अन्यमध्ये एक जना नावालकलाई १६ वर्ष कैद, एकजनालाई ४ वर्ष कैद र एक महिलालाई १ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवनाको फैसला सुनाएको हो ।

जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार डिल्लीरत्न श्रेष्ठले आरोपित चारजनाबाट हत्या भएकी तेस्रो लिङ्गीकाको परिवारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको बताए । उनका अनुसार हत्यामा संलग्न रहेका शुसील थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तब्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँकाको आरोपमा ९ वर्ष कैद र ९० हजार जरिवना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपुर्ति भराउने फैसला भएको छ ।

हत्यामा संलग्न रहेका नाबालक नाम परिवर्तन ‘सिमलटार जेड’ लाई १६ वर्ष ८ महिना कैद, डाकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति, अर्को आरोपित सिमोन परियारलाई बलात्कार र हत्या तर्फ ४ वर्ष कैद, डाका तर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रो लिङ्गीको मोवाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहात कोषबाट क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*