४१ किलो लागूऔषध गाँजासहित हेटौंडाका ईश्वर पक्राउ
मकवानपुर । अवैध लागूऔषध गाँजासहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई प्रकाउ गरेको छ । विशेष सूचनाको आधारमा हेटौंडा –३, तीनताप्के बाट ३१ वर्षीय ईश्वर लामालाई ४१ किलो ५ सय ग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बिहीबार साँझ ४ बजेको समयमा घरमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा ४१ किलो ५ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको गाँजासहित लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







