पब्जी टिम डीआरएसमा भित्रिए नयाँ खेलाडी, लक्ष्य ग्लोबल च्याम्पियनशिपको

अखबार हब
२०७८ माघ २०, बिहीबार १२:१०

काठमाडौं । पब्जी गेमिङमा चर्चित नेपाली टोली डीआरएस गेमिङले नयाँ खेलाडीलाई अनुबन्ध गरेको छ । यस अघिका उगेन लामा सहितका खेलाडी विदेशी टिममा आवद्ध भएसँगै डीआरएस गेमिङले दक्षिण एसियाली पब्जी च्याम्पियन टोलीका सदस्य भित्र्याएको हो ।

डीआरएसमा आवद्ध नयाँ खेलाडीहरूमा सुबिन श्रेष्ठ (रुल्ज), दीपेश गुरुङ (डेल्टा), विश्वास कर्मचार्य (रिपर), छिरिङ दोर्जे दोङ (रिबेल) र साहस भण्डारी (किलर वाईटी) रहेका छन् । नेपालमा ई–स्पोर्ट्सलाई संस्थागत गर्ने पहिलो टिम समेत रहेको डीआरएसले एक वर्षको छोटो अन्तरालमा एक करोडभन्दा माथिको पुरस्कार हात पार्न सफल बनेको थियो ।

यति मात्र होइन, यसबीच भएका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित जसो देशको प्रतिनिधित्व समेत गरेको थियो । डीआरएस गेमिङका सीईओ भिक्टर पौडेलले पुनः च्याम्पियन बन्ने उद्देश्यका साथ नयाँ खेलाडीहरूलाई अनुबन्ध गरिएको बताए ।

‘विदेशी टिमबाट राम्रो अफर आएसँगै हामीले उगेन लामा, अजय श्रेष्ठ, निमा, ग्याल्जेन, बोरो सहितको टिमलाई सहर्ष बिना सर्त बिदाई गरेका छौँ,’ उनले भने, ‘उहाँहरूका लागि हाम्रो ढोका सधैँ खुला नै रहनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*