असई हुँ भन्दै चेकिङ छल्न खोज्ने एक जना पक्राउ
काठमाडौं । प्रहरी चेकिङका क्रममा आफू प्रहरी सहायक निरीक्षक हुँ भनी उम्किन खोज्ने एकजनालाई प्रकरीले पक्राउ गरेको छ ।
काठमाडौंको भद्रकालीमा सवारी जाँच गर्ने क्रममा ड्युटीमा रहेका प्रहरी जवान लालुप्रसाद यादवलाई आफू प्रहरी सहायक निरीक्षक(असई) हुँ चेक नगर्नू भनी धम्की दिने सूर्यविनायक(८ भक्तपुरका सोनाम तामाङ पक्राउ परेका हुन् ।
उनको साथबाट प्रहरी सहायक निरीक्षकको ड्रेस र दर्ज्यानीसमेत लगाएको आठवटा पासपोर्ट साइजको फोटो फेला परेकोले नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । तामाङमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।







