ल्होछारका अवसरमा बागमती प्रदेश प्रमुख शर्माको शुभकामना

अखबार हब
२०७८ माघ १९, बुधबार ०९:३३

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार मनाइदै गरिएको तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारका अवसरमा सबैका लागि सुख, शान्ति र समृद्दि ल्याउन सकोस् भन्ने कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ।

देश भित्र र बाहिरका समेत विभिन्न मुलुकहरुमा छरिएर रहेका तामाङ समुदायले हर्षोलाशपूर्ण वातावरणमा मनाउने २८५८ औं ताक ल्हो ९सोनाम ल्होछार० पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नु हुँदै प्रदेश प्रमुख शर्माले यो पर्वलाई पनि हामी हाम्रा अन्य चाडपर्वहरुझैं एउटा महत्वपूर्ण पर्व मानिने गरिएको उल्लेख गर्नुभएको छ ।

प्रमुख शर्माले आफ्नो सन्देशमा भन्नुभएको छ,‘तामाङ समुदायले चलाई आएको पञ्चाङ्ग अनुसार आजबाट एउटा वर्ष पूरा भई अर्को वर्ष सुरु भएको छ । यो नववर्ष ‘सोनाम ल्होछार’ ले हामी सबैका लागि सुख, शान्ति र समृद्दि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’

प्रमुख शर्माले हामी संयौ थुङ्गा फूलका रंगीन बगैंचाका फूलहरु भएको उल्लेख गर्नुहुँदै हामी बहुल जातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक समाजका अभिन्न अङ्ग भएको बताउनुभएको छ । शुभकामना सन्देशमा उहाँले अन्य समुदाय सरह तामाङ समुदाय पनि उत्तिकै महत्वपूर्ण अङ्ग भएको बताउँनुभएको छ । प्रमुख शर्माले यो पर्वले हाम्रो धर्म, संस्कृति, रिती–रिवाज तथा परम्पराको सम्बर्द्दन गर्न महत्वपूर्ण योगदान गर्नेछ भन्ने आफूलाई दृढ विश्वास रहेको शुभकामना सन्देशमा भन्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*