दक्षिण कोरिया विश्वकपका लागि छनौट
काठमाडौँ । दक्षिण कोरिया कतार विश्वकप फुटबलका लागि छनौट भएको छ ।
एशियाको विश्वकप छनौटको समुह ए मा रहेको दक्षिण कोरियाले गएराती सिरियालाई २–० ले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । दक्षिण कोरियाको समुह ए मा ८ खेलमा २० अंक रहेको छ ।
समुहमा दोस्रो हुदै दक्षिण कोरिया विश्वकपमा छनौट भएको हो । यस समुहबाट इरान यसअघि नै विश्वकपमा छनौट भइसकेको छ । योसँगै एशियाबाट आयोजक कतार, इरान र दक्षिण कोरियाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
अहिलेसम्म कतार विश्वकपमा सहभागी हुने १५ देशको टुंगो लागि सकेको छ ।
जसमा आयोजक कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याड्स, अर्जेन्टिना, इरान र दक्षिण कोरिया रहेका छन् ।







