खोप हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

अखबार हब
२०७८ माघ १८, मंगलवार १७:१७

मकवानपुर । कोरोना भाइरसविरुद्धको २४ लाख डोज खोप हिनामिना गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंगलबार अख्तियारमा उजुरी दर्ता गराएको हो ।

कोरोनाविरुद्धको २४ लाख डोज खोप गायब गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको आरोप लगाउँदै युवा संघले मन्त्री खतिवडा र उक्त कार्यमा संलग्नमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐनबमोजिम हदैसम्मको कारबाहीको माग गरेको छ ।

‘नेपाल सरकारका स्वास्थ्यमन्त्री श्री विरोध खतिवडा मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री विरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐनबमोजिम हदैसम्मको कारवाही गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम यो निवेदन गरेका छौँ’, राष्ट्रिय युवा संघका सहसंयोजक संजीवकुमार सुरज झाले जारी गरेको विज्ञप्‍तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*