नियन्त्रित औषध २०,८१५ क्‍याप्सुल ट्रामाडोल बरामद, पाँचजना पक्राउ

अखबार हब
२०७८ माघ १७, सोमबार १७:१४

काठमाडौं । प्रहरीको लागु औषध नियन्त्रण ब्‍यूरोले नियन्त्रित औषध ट्रामाडोलसहित पाँचजनालाई पक्राउ गरेको छ ।

उपत्यकामा लागूऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको सूचनाको आधारमा ब्‍यूरोले काठमाडौंको छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोकुलदगंगा गाउँपालिका–१ घर भई सिफल बस्‍दै आएका सुनिल भन्‍ने २५ वर्षीय निमा दोर्जे शेर्पा, चैनपुर नगरपालिका–८ बझाङ घर भई हाल काठमाडौंको गोकर्णेश्वरमा बस्‍दै आएका २९ वर्षीय उमेश कुमार केसी, म्यगङ गाउँपालिका–५ नुवाकोट घर भएका ३४ वर्षीय राजाराम दवाडी र मध्‍यनेपाल नगरपालिका(ज्ञलमजुङ घर भई टोखा बस्‍दै आएका ३८ वर्षीय बद्रीनाथ पौडेल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले २० हजार ८१५ क्‍याप्सुल नियन्त्रित लागु औषध बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई औषधि ऐन २०३५ अनुसार कारबाहीका लागि औषधि व्‍यवपस्था विभाग बिजुलीबजार पठाइएको लागु औषध नियन्त्रण ब्‍यूरोले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*