केन्द्रले कानुन बनाउन चासो नदिएपछि प्रदेश सरकार आफैं अग्रसर

अखबार हब
२०७८ माघ १६, आईतवार १०:५८

मकवानपुर । वागमती प्रदेश सरकार संघसँगको साझा अधिकार सूचीमा रहेको निजामती सेवासम्बन्धी ऐन निर्माणमा जुटेको छ । साझा अधिकार सूचीका कानुन निर्माणमा संघीय सरकारले चासो नदिएपछि वाग्मती प्रदेश सरकार आफैं अग्रसर भएको हो । प्रदेश सरकारले यसअघि पनि प्रदेश प्रहरी ऐन तयार गरेको थियो ।

संविधानअनुसार संघ र प्रदेश सरकारको साझा अधिकारमा पर्ने ऐन नबाझिने गरी बनाउनुपर्छ । संघले काम नगरेपछि प्रदेशले पछि बन्ने संघीय कानुनसँग बाझिए संशोधन गर्ने गरी कानुन निर्माण गर्न लागेको हो । अहिले प्रदेश सरकार निजामती ऐनको अभावमा कर्मचारी भर्ना गर्न नपाउँदा कर्मचारी अभाव छ । संघीय सदनमा लामो समयदेखि निजामती सेवासम्बन्धी विधेयक विचाराधीन छ ।

संविधानअनुसार साझा अधिकार सूचीका २५ ऐन संघले निर्माण गरेपछि मात्र प्रदेश तहमा बन्न सक्ने अवस्था छ । तर संघले ती ऐन निर्माणमा चासो दिएको छैन । कानुन अभावले प्रदेशलाई काम गर्न समस्या देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*